युरोपेली मुलुक अष्ट्रीयामा मातृभूमिका लागी नेपाली संगठनको प्रबास समिती गठन। संयोजकमा सागर सुबेदी र सह-संयोजकमा मृगेन्द्र बराल

0

अष्ट्रीया

मातृभूमिका लागि नेपाली संगठन बिगत वर्ष देखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको छ। नेपालका करिब ३० भन्दा बढी जिल्ला तथा नगर तथा गाउपालिका सम्म गठनको प्रक्रियामा रहेको संगठनले आज प्रबास स्थित युरोपेली मुलुक अष्ट्रीयामा सागर सुबेदीको नेतृत्वमा आफ्नो उपस्थिति जनाएको छ।


यो संगठनको उदेश्य भनेको नेपालको बिध्यमान संबिधानमा भएका गम्भीर त्रुटीका रुपमा रहेको धर्म निरपेक्षता खारेज गरी किरात, बौद्ध, जैन, शिख, बोन, मैत्रीय र परापुर्ब देखि नेपालमा बसोबास गर्दै मानिरहेको इस्लाम लगायतका धर्म सस्कृतिको संरक्षण हुने गरी वैदिक सनातन हिन्दुराष्ट्र नेपाल बनाइ विश्वमा देशको विशिष्ट पहिचान स्थापित गर्ने, जातिवादी र क्षेत्रीयताबादी गतिविधिलाई सधैका लागि अन्त्य गराउदै मौलिक सस्कृती सहितको समृद्ध नेपाल बनाउने, पछाडी परेको ब्यक्ती या समुदायको बृहत्तर उत्थानका निम्ति सबलिकरणको अबधारणा कार्यान्वयनमा ल्याउने, बिभाजित सार्बभौमिकतालाई एकीकृत गरि एकताबद्ध एकात्मक नेपालको निर्माण गर्ने साथै आज सम्म शासन तथा प्रशासनको उच्च तहका जिम्मेवारीमा रहेका हरेक व्यक्तिको सम्पत्ती छानवीन गर्ने जस्ता बिषयहरुलाई संगठनले प्रमुख प्राथमिकतामा रहेर सोहि उदेश्य प्राप्तिका लागि अगाडी बढी रहेको छ जनाइएको थियो।


आइतबार दिउसो डिजिटल प्रबधि जुम प्रयोग गरेर गरिएको कार्यक्रममा प्रस्तावित सह संयोजक का रुपमा रहेका मृगेन्द्र बरालले स्वागन मन्त्यब बाट सुरु गरिएको कार्यक्रममा मातृभूमिका लागि नेपालीका केन्द्रिय संयोजक देब प्रकाश त्रिपाटी , केन्द्रिय सदस्य तथा विदेश बिभाग प्रमुख प्रा दिपक गजुरेल , महिला बिभाग प्रमुख मंजिता अनिल , यातायात बिभाग प्रमुख सरद अधिकारी , केन्द्रिय सचिब द्वय शुभाष प्रसाद पाण्डे र सनत आचार्य , युबा बिभाग प्रमुख रमेश श्रेष्ठ , विदेश स्थित संगठनका संयोजक याम लाल सुबेदी ( डेनमार्क ) शेखर ढुंगेल ( अमेरिका ) साथै मातृभूमिका लागि नेपाली संगठनको केन्द्रिय बिभिन्न बिभागमा रहेर आफ्नो जिम्मेबारी निभाइरहनुभएका साबि घिमिरे , अन्जु सुबेदी , मेनका लामा साथै नवलपुर जिल्लाका संयोजक देबराज पौडेल , रुपन्देही जिल्लाका जिल्ला संयोजक सुशील खनाल , ललितपुर जिल्लाका जिल्ला संयोजक शम्भु मान सिंह लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा बिध्यमान अबस्थामा बर्तमान राजनीतिज्ञहरुबाट देशले भोग्नुपरेको कठिनाइका बिषयमा चर्चा भएका थिए भने केन्द्रीय संयोजक त्रिपाटीले नबगठित समितिमा रहेका पदाधिकारीहरुको नाम पढेर सुनाएका थिए।

सागर सुबेदीको संयोजकत्वमा गठित कार्यसमितिको सह-संयोजकमा मृगेन्द्र बराल , सचिबमा सुदिप पौडेल,कोषादक्षमा बाशुदेब बस्नेत साथै सदस्यहरुमा श्री प्रसाद श्रेष्ठ,प्रतिक्ष्या सुबेदी ( खड्गी ),मदन महर्जन, ज्ञानु बर्तौला, मन्जु बिश्वर्कर्मा राजन कार्की र माया श्रेष्ठ रहनुभएको जनाइएको थियो।


विदेश बिभाग प्रमुख बाट नबगठित कार्यसमितिका सदस्यहरु लाई सपथ खुवाइएको थियो भने कार्यक्रम लाई नबगठित संगठनका संयोजक सुबेदीले संचालन गरेका थिए।

Leave A Reply

Your email address will not be published.