समाचारमा बर्ष २०२०

0


२०२० सैयौ बर्ष सम्म कोरोनाको बर्षको रुपमा चिनिने छ, अनेक त्रास र पिडाको अनुभब संगै , प्रक्रिती , परिवार र मानब सम्बन्धको महत्व हामीलाई याद गराएको यो बर्षमा विश्वको सामाजिक र राजनितिक निम्न घटनाहरु पनि उत्तिकै परिवर्तनकारी सिद्ध हुनेछन ।


निकै लामो युद्ध ब्यहोरी रहेको अफगानिस्तान मा बिद्रोही तालिबान सँग अमेरिकाले गरेको सम्झौता, अरब देश सँग लामो दुश्मनी रहेको इजरायलको बहराइन र संयुक्त अरब इमिरेटस सँगको कुटनीतिक सम्बन्ध स्थापना, चीनको अगुवाइमा भएको एसिया प्रशान्त क्षेत्रका १५ देश सम्म्मिलित छेत्रीय आर्थिक सहयोग सन्धी, युरोपियन युनियन सँग बेलायतको सम्बन्ध बिछ्यत र बाँकी युरोपियन देशहरुको सम्बन्धको मजबुती लगायत नेपाली राजनीतिमा प्रधानमन्त्री केपी वलीले गरेको दुई तिहाइको संसद बिघटन नेकपाको बिभाजन पनि २०२० लाई सम्झिने र सुदूर प्रभाब दिने घटना हुनेछन ।


बेलारुसको सरकार बिरोधी प्रदर्शन, अमेरिकि चुनावमा बहालवाला राष्ट्रपती ट्रम्पको हार, बेलायती राजकुमार ह्यरि र मेगन द्वारा शाही उपाधी त्यागको घोषणा , अस्ट्रेलियामा भएको आगलागी, तेलको मुल्यमा आएको गिरावट र अरब देशमा परेको आर्थिक प्रभाब , चीन अमेरिका आर्थिक तनाब र ईरान अमेरिका बिचको बिबाद संगै इरानी सेना प्रमुख कासिम सुलेमानी र परमानु बैज्ञानिक मोहसेन फक्रिजदेहको हत्या, अमेरिकामा अस्वेत युबक जर्ज फ्लवाइडको अंेरिकन प्रहरी द्वारा गरिएको हत्या र त्यसले विश्वमा ‘ब्ल्याक लाइफस म्याटर’ आन्दोलन, रसियन सरकारले बिपक्षि नेता एलेक्सी नाभल्नीलाई गरेको हत्या प्रयास , सिरिया युद्ध र तुर्कीका राष्ट्रपतीले गरेको हजारौ बर्ष पुरानो चर्च हागिया सोफियालाई मस्जिद बनाउने घोषणा, तुर्किकी अधिकारकर्मी एबम गायिका होलेन बोलेकको लामो भोक हडतालले मृत्‍यु , भारतीय अदालतले अयोध्यमा बाबरी मस्जिद रहेको थाउमा राम मन्दिर बनाउन पाउने निर्णय , चर्चित फुटबलर म्यारदोनाको मृत्‍यु , नर्थ कोरियन प्रेसिडेन्ट किम जोङको श्वास्थ्य सम्बन्धी अफबाह , विश्वका स्वास्थ्यकर्मीहरुको कोरोनाबाट मानब जीबन बचाउन गरेको योगदान र विश्वमा फैलिएको ध्यान र योगको लहर जस्ता बिषय पनि २०२० का चर्चित घटना बने ।

Leave A Reply

Your email address will not be published.