पौडेलको गिरप्तारीको विश्वभरका नेपाली जनसंपर्क समितिद्वारा बिरोध

0

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहु प्रहरीले गिरफ्तार गरेको खबर फैलिए संगै देश बिदेशमा उक्त कदमको बिरोध भएको छ । नेपाली काङ्रेसका नेता कार्यकर्ता लगायत नागरिक समाजले पनि पूर्व निर्धारित कार्यक्रम बिथोल्न गरिएको धरपकड प्रति आपत्ति जनाउदै प्रधानमन्त्री के पी शर्मा ओली अधिनायकबाद तर्फ उन्मुख भैसकेको र देशमा कानुनी राज्यको धज्जी उडाएको प्रतिक्रीया दिएका छन ।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् । देउबाले प्रधानमन्त्री ओलीलाई फोन गरेर पनि यस् खाले लोकतान्त्रिक अधिकार बीरोधि कदम शाहय नहुने चेतावनी दिएका छन ।


त्यसै गरी नेपाली काङ्रेसको बिदेश स्थित भात्रीसंस्था नेपाली जनसंपर्क समितिका सभापतिहरुले संयुक्त बक्तब्य जारी गर्दै कम्युनिस्ट सरकारले अधिनायबादी चरित्र देखाएको र लोकतन्त्रमा यस किसिममा व्यबहार सह्य नहुने र प्रतिरोध गरिने जनाएका छन । लोक्तान्त्रिक अधिकारको हनन हुने यस्ता क्रिकलाप बन्द गर्न पनि उनीहरुले माग गरेका छन । अन्यथा सरकारलाई सत्ताच्युत गर्ने कदम चालिने चेतावनी दिन चाहान्छौ भन्दै जारी गरिएको बक्तब्य निम्न बमोजिम छ ।


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगाएतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेप निन्दनीय छ
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलज्यूमाथि आज उहाँको गृहजिल्ला तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको हामी कडा निन्दा र भर्त्सना गर्दछौं। यो दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विद्रुप रुप हो भन्ने हाम्रो बुझाई छ। कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ।

आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छौं।
लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने,आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ। तर आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत,धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो भएको छ।


हामी पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं।


जय नेपाल
विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट


१ आनन्द बिष्ट , आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस अमेरीका
२ बालकृष्ण पाण्डे आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस भारत
३ सीता सापकोटा , सभापति नेजस बेल्जियम
४ लेख बहादुर गुरुङ सभापति नेजस मकाउ
५ पदम सुन्दर गुरुङ सभापति नेजस बहराइन
६ खगेश्वर अधिकारी सभापति नेजस इजरायल
७ शिखर खड्का सभापति नेजस जर्मनी
८ सिता अर्याल सभापति नेजस साईप्रस
९ डा एलिनी पोख्रेल सुवेदी सभापति नेजस पोल्याण्ड
१० शुक्रराज न्यौपाने नेजस अाईरल्याण्ड
११ शंकर न्यौपाने काबा सभापति नेजस कतार
१२ आस्थाबिन्दु मल्ल सभापति नेजस दक्षिण कोरिया
१३ बिनोद घिमिरे सभापति नेजस पोर्चुगल
१४ ईन्द्र शर्मा सभापति नेजस स्पेन
१५ मीन गुरुङ सभापति नेजस हङकङ
१६ युव राज गुरुङ सभापति नेजस बेलायत
१७ बुद्धी प्रकाश ओली सभापति नेजस क्यानाडा
१८ प्रेमजंग गुरुङ सभापति नेजस नेदरल्याण्ड
१९ सुधिर राना सभापति नेजस फ्रान्स
२० जितेन्द्र बिक्रम शाहि सभापति नेजस नर्वे
२१ शालिक चापागाई काबा सभापति नेजस ओमन
२२ भुवानी प्रसाद तिमिल्सिना सभापति नेजस यूएई
२३ राजेन्द्र रसाईली बिरही सभापति नेजस कुवेत
२४ रोशन के सी सभापति नेजस जापान
२५ बालकृष्ण सापकोटा सभापति नेजस लकजेम्बर्ग
२६ बुद्धिसागर घिमिरे सभापति नेजस न्यूजील्याण्ड
२७ दीपक रेग्मी सभापति नेजस साउदी अरेबिया
२८ नबिन थपलिया सभापति नेजस स्विडेन
२९ श्याम सापकोटा सभापति नेजस स्विजरल्याण्ड
३० चोला कान्त पंगेनी सभापति नेजस मलेसिया
३१ बिरेन्द्र सिंह कार्की सभापति नेजस डेनमार्क
३२ राजन कुमार जमकटेल सभापति नेजस चीन
३३ कृष्ण गिरी सभापति नेजस अष्ट्रेलिया
३४ राजन चौलागाई नेजस इटली ३५ सन्देश के सि नेजस माल्टा

Leave A Reply

Your email address will not be published.