जनसंपर्क समिती साईप्रसको ”प्रबासमा राष्ट्रियता” बिषयक कबिता प्रतियोगिता

0

जनसंपर्क समिती साइप्रसले महाकबी लक्ष्मी प्रसाद् देबकोटाको ११२ औ जयन्तीको अबसरमा कबिता बाचन प्रतियोगिता आयोजना गरेको छ ।

आईतवार भएको भर्चुअल कार्यक्रममा २९ जना कबी कबियत्री मध्यबाट निर्णायक् मन्डलको छनोट गरेका पाचजना कबियत्रीहरुले आफ्नो रचना पढेर सुनाउनु भएको थियो । प्रबासमा राष्ट्रियता बिषयमा भएको प्रतियोगितामा बिष्णु काफ्ले प्रथम, अम्बिका थापा र तारा पौडेल द्वीतिय, बिबिधता भारती त्रितिय बिजेता रहनु भयो भने सुमित्रा पाठक चतुर्थ रहनु भयो ।


समितिले आयोजना गरेको कबिता बाचन् एबम शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अथीतिको रुपमा सम्बोधन गर्दै नेपाली काङ्रेसका नेता धनराज गुरुङले प्रजातान्त्रिक पार्टीका कार्यकर्ताहरुले अरुलाई पद्धती सिकाउनु अगाडि आफु स्वयमले बिधी, पद्धती र अनुशासनको पालन गर्नु पर्ने बताउनु भयो ।

नेपाली काङ्रेस राष्ट्रिय एकता र राष्ट्रियताको जगेर्न गर्न सधैं तत्पर रहेको तर मौसमी राष्ट्रबादीहरुले जनतालाई ढाटेर राष्ट्रियताकै धज्जी उडाई रहेकोले सचेत हुन जरुरी छ भन्दै प्रदेशमा रहेर पनि नेपाली कला साहित्यको प्रबर्थन गर्ने कार्य गरेकोमा जन संपर्क समिती साइप्रसको प्रशन्शा गर्नु भयो ।


नेपाली काग्रेस केन्द्रिय सदस्य डा डिला सङ्रौलाले संबिधानले दिएको अधिकार प्रयोग गर्न पनि महिलाहरु सशक्त हुनु पर्ने र निती निर्माण तहमा महिलाहरुले योगदान दिन सके देश र समाजको बिकास छिट्टो हुने विश्वाश ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली महिला संघकी उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेपाली काङ्रेशका आमन्त्रित केन्द्रिय सदस्य बालक्रिश्न पाण्डे र आनन्द बिष्टले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसै गरी कबिता प्रतियोगिताका निर्णायकहरु डा नबिन बन्धु पहाडी , प्राध्यापक दुर्गा दाहाल र भगवती बस्नेत, नेपाली जन संपर्क समन्वय समिती युरोप अध्यक्ष दिल गुरुङ , महामन्त्री गंगाधर गौतम, नेपाली काङ्रेश सुचना बिभाग सदस्य बिमल सुबेदी , जसस कतारका महामन्त्री अजिज अली , जसस क्यानडा उपशभापति डा जितु उपाध्याय, जसस फ्रान्सका सभापति सुधिर राना , नेपाल पत्रकार महासंघ बेल्जियमका सभापति ओम शर्मा , पत्रकार एबम एनआरएनए साइप्रस प्रबक्ता दिनेश गौतमले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

जसस साइप्रसकी उपसभापती पुष्पा मिश्र, कर्चुक लामा होल्मो , सहमहामंत्री पेम्बा ओमु लामा, इन्दिरा खड्का उप्रेतीले संगठनका गतिबिधी बारे जानकारी दिदै उपस्थित अथितिहरुलाइ स्वागत गर्नु भएको थियो । जन संपर्क समिती साइप्रसका महामन्त्री कुमार सिंहले सन्चालन गरेको कार्यक्रम समितीकी सभापति सीता अर्यालको सभापतित्वमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.