बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापालाई बिदाई

0

गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा बेल्जियममा कृयाशिल सम्पुर्ण नेपाली संघसंस्थाको तर्फबाट बेनेलक्सका लागी नेपाली राजदुत तथा एनआरएनए बेल्जियमका प्रमुख संरक्षक महामहिम लोक बहादुर थापा आफ्नो चार बर्षे कार्यकाल सम्पन्न गरी नेपाल फर्कनु पर्ने भएकोले अहिलेको परिस्थितिलाई मध्यनजर गरी भर्चुयल बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

केही दिनमै नेपाल यात्रा गर्न लाग्नु भएका राजदुत थापाले आफ्नो कार्यकालमा कुटनीतिको माध्यमबाट देशको हित र बिकास एबम नेपाली समुदायको एकता मजबुत बनाउन गर्नु भएको योगदानको कदर गर्दै सम्मान र बिदाइ कार्यक्रमको आयोजना गरिएको हो ।


प्रमुख अथितीको रुपमा बोल्दै महामहिम राजदुत थापाले आफ्नो कार्यकालमा यहॉंस्थित बेल्जियम समुदाय सँग समन्वय र सहकार्य गर्ने प्रयास संगसंगै नेपाल र नेपाली सामानहरुको प्रचार र प्रवर्धन गर्न संधै प्रोत्साहित गर्ने गरेको कुराहरु स्मरण गराउंदै नेपाली समुदायलाई अझ बढी पोजेटिभ भई सामुहिक बलमा जोड दिन सन्देशमुलक सुझाव पनि दिनुभएको थियो। साथै उहॉंले आफ्नो कुटनितिक कार्यकालमा युरोपियन युनियन संगको सम्वन्धका लेभलहरु गहिराईमा पुगेको जानकारी गराउंदै नेपालले पनि प्रतिबद्धता, सहमति, सहयोग गराएर नै काम गर्ने हुनाले नेपाललाई बिकास साझेदारको रुपमा मात्र नहेरी राजनीतिक र बिकास साझेदारको रुपमा पनि बिकसित गराउन सकिन्छ भन्ने बुझाई युरोपियन युनियनलाई आएकोले नेपाल र युरोपियन युनियन बिचको सम्बन्ध र हेर्ने दृष्टिकोणमा परिवर्तन आएको जानकारी गराउनुभएको थियो।

नेपाल र युरोपियन युनियनबिच द्वीपक्षिय सहयोग बैठक हरेक बर्ष गर्नेगरी शुरुवात भईसकेको जनाउंदै नेपाललाई सहयोग गर्ने बाटाहरु अझ बढी खुलाउन आह्वान गरेको चाहे त्यो महिला सशक्तिकरण, जलबायु परिवर्तन , अन्तरराष्ट्रिय गैर सरकारी संस्था र प्रबिधिक्षेत्रमा नै किन नहोस् , भन्दै नेपाली सामानहरु युरोपमा आयात गर्ने प्रयास गर्न नेपाली डायस्पोरालाई हार्दिक अनुरोध पनि गर्नुभएको थियो। साथै नेपाली जहाजलाई अबको केही महिनाभित्र युरोपमा उडान अनुमति मिल्नेतर्फ काम भईरहको जानकारी गराउंदै अबको अभियान प्रबिधी स्थानान्तरण , लगानी र ब्याबारको क्षेत्रमा तर्फ बढाउनुपर्ने राय प्रस्तुत गर्नुभएको थियो।


एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीको सभापतित्वमा सम्पन्न उक्त बिदाई तथा सम्मान कार्यक्रममा एनआरएनए आईसीसी सह-कोषाध्यक्ष एवं एनसीसी बेल्जियमका निवर्तमान अध्यक्ष लोक प्रसाद दाहाल, आईसीसी केन्द्रीय सदस्य सुवास जोशी, एनआरएनए नि. युरोप संयोजक शिव कुमार बरुवाल, एनसीसी बेल्जियम संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, पुर्व अध्यक्ष गंगाधर गौतम, प्रवासी नेपाली एकता मंचका सचिव बोधराज पौडेल, नेपाली जनसम्पर्क समिती बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र पकवान, नेपाली ब्यवसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला, क्याट बेल्जियमका अध्यक्ष रामचन्द्र सुबेदी भुवन, पर्वत समाज बेल्जियमका अध्यक्ष भिम जोशी रोशन, थकाली समाजका बेल्जियमका अध्यक्ष बिष्णु शेरचन, सॉंग्रिला समाजका अध्यक्ष नारायण अधिकारी, स्यागंजा समाज बेल्जियमका अध्यक्ष पर्शु रेग्मी, कास्की समाज बेल्जियमका अध्यक्ष डिल्लीराम भण्डारी, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र बि क , पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई, नेपाली मिलन केन्द्र युरोपका अध्यक्ष दिपक न्यौपाने, थकाली समाज बेल्जियमको तर्फबाट कुम शाही, मगर समाज बेल्जियमका अध्यक्ष लोक राना, नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा लगायतले अथितीको रुपमा आफ्नो र संस्थाको तर्फबाट मन्तब्य राख्नुभएको थियो।


कार्यक्रमलाई समापन गर्दै एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदीले महामहिमज्यूले आफ्नो कार्यकाल अत्यन्त बिवादरहित तरिकाले पुरा गर्नुभएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन सहित उहॉंको आगामी ब्यक्तिगत, पारिवारिक र कुटनितिक जीवनको प्रगति र उन्नतिको कामना गर्दै राज्यले उहाको योज्ञता लाई सहि ठाउंमा सदुपयोग गर्नेछ भन्ने आशा ब्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी सम्पुर्ण अथितिहरुलाई स्वागत उपाध्यक्ष खड्क केसिले गर्नु भएको थियो भने सन्चालन महासचिब् तिर्थ धमलाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.