जनसंपर्क समिती बेल्जियमको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0

नेपाली जनसंपर्क समिती बेल्जियमले बिजया दशमीको उपलक्षमा भर्चुअल माध्यमबाट शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।

नेपाली जन संपर्क समिती बेल्जियमका संस्थापक सभापति ध्रुब पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको बिशेष अथिती संस्थाका पूर्व सभापती ईन्द्र छेत्री पकवान र निबर्तमान सभापती एबम एनआरएनए आईसिसी सदस्य सुबाश जोशी हुनुहुन्थ्यो ।

हरेक बर्ष कोजाग्रत पुर्णिमाको दिन नेपाली काङ्रेशले बिपी कोइरालाको पाला देखि बिजया दशमी , तिहार, छठ र नेपाल सम्बत् लगायतका पर्बको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने गरेको छ ।

यस् बर्ष कोरोनाको कारण केन्द्रीय पार्टीले कार्यक्रम नगर्ने भएको हुँदा र बेल्जियममा पनि भौतिक रुपमा भेला हुन सम्भब नभएकोले आफुहरुले अनलाइनको माध्यमबाट कार्यक्रम गरेको जन संपर्क समितिकी सभापती सीता सापकोटाले बताउनु भएको छ ।

उपस्थित अथितिहरुले शुभकामना मन्तब्य राख्नु हुँदै प्राबासको नेपाली समुदाय, नेपाली जनता विश्वले कोरोनाको महामारीबाट छित्तै मुक्ती पाउन सकोस आगामी दिनमा प्रत्यक्ष भेटघाट र कार्यक्रम र एक अर्कालाई सहयोग गर्न सकियोस भनी सुभेच्छ्या प्रकट गर्नु भयो । कोरोना महामारीबाट आकुल ब्याकुल, आतंकित र त्रसित एवं भयावह बन्दै गईरहेको बिषम परिस्थितीमा हामी बिदेशको भुमिमा हाम्रा परम्परा, रिती रिवाज, धर्म, सस्कृती र चाडपर्बहरु हरेक बर्ष हर्षोल्लासका साथ मनाउँदै आईरहेका हामी नेपालीहरु अहिले आएर सबै हामी देश डेखि बिदेशसम्म एउटा बन्द कोठा भित्र र सामाजिक दुरी कायम गर्दै चौघेरा भित्र बस्न वाध्य छौँ भन्दै सबैको सफलता सुस्वास्थ्यको कामना पनि गर्नु भएको थियो ।

शुभकामना दिनु हुनेमा बेल्जियमका पुर्व महामन्त्री तथा बर्तमान केन्द्रीय सदस्य रमेश सापकोटा,केन्द्रीय सदस्य पुर्ण तिमल्सेना,सल्लाहकारहरु झलक केसी, रमेश लामिछाने,दिर्घमान श्रेष्ठ,हेमराज सापकोटा,एनआरएनए बेल्जियमका कोषाध्यक्ष प्रकाशराज गिरी नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा रहुनु भएको थियो भने सबै उपस्स्थितहरुलाई जसस बेल्जियमका प्रबक्ता जगदीश सापकोटाले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जनसंपर्क समिति बेल्जियमका सल्लाहकार गोबिन्द सुबेदीलाई पित्री शोक परेकोमा समबेदना दिदाइ म्रितात्माको चीरशान्तिको कामना गरेको थियो ।

कार्यक्रम जसस बेल्जियमका बरिष्ठ उपाध्यक्ष देवु शर्मा पौडेलले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य अर्का उपाध्यक्ष नरहरी सापकोटाले राख्नु भएको थियो। जनसंपर्क समितिकी सभापती सीता सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.