द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गत केही हप्तादेखि नेदरल्यान्ड्समा कोरोना सन्क्रमितको संख्या दिन प्रती दिन बढ्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरी भोली १४ अक्टुबर बाट लागु हुनेगरी सेमी लकडाउन गर्ने भएको छ | आज १३ अक्टुबरमा प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै नयाँ नियमको बारेमा जानकारी गराएका हुन |
आजसम्मको आकडा अनुसार सन्क्रमित हुनेको संख्या १८८८७६ जना र मृत्यु हुनेमा ६६३१ जना रहेको स्वास्थ्यमन्त्रीले जानकारी गराएका छन | अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ |
४ हप्ताका लागि होटल, क्याफे र रेस्तुरेन्टको टेवल बन्द गर्नुपर्ने तर टेकवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम भोली १३ अक्टुबर साझ १० बजे देखी लागु हुने र त्यसपछी पनि सन्क्रमण नियन्त्रण नभए पुरै लकडाउन गर्न सकिने पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले जानकारी गराएका छन |
भाईरस नियन्त्रणमा सबैको दायित्व रहेको भन्दै बाहिर ४ जना भन्दा बढीको समुहमा नहिंड्न र सामाजिक दुरी कायम गर्दै माक्सको प्रयोग गर्न आग्रह गर्दै ३० जना भन्दा बढीको सहभगितामा कुनै कार्यक्रम नगर्न भनिएको छ |
साथै पसलहरु ८ बजेपछी अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको बिक्रिबितरण ८ बजेपछी गर्न नपाईने समेत नयाँ नियममा उल्लेख गरिएको छ | यो नयाँ नियम ४ हप्ताको लागि लागुहुने र परिस्थिती अनुसार नियम परिवर्तन गर्न सकिने समेत जानकारी गराइएको छ ।