एनआरएनएको रुपान्तरण गर्न नेतृत्वकाे रुपान्तरण आबस्यक छ,

0

गैर आबासीय नेपाली संघको १३ युरोपियन बैठकमा ”एनआरएनएको रुपान्तरण” सत्रमा बिभिन्न बक्ताहरुले संस्थालाई आम प्रबासी नेपालीहरुको अपनत्व दिलाउन र संस्था भित्र मौलाउदै गएका बिक्र्तीहरुलाई अन्त्य गर्न सहकार्य, सह अस्तित्व र भाबनात्मक एकताको आवश्यकता रहेको बताएका छन ।

हिजोका कमी कमजोरीलाई सच्याउन पहल गर्ने र नयाँ पुष्ताको सहभागिता र नेत्रित्व हस्तान्तरणको पृष्‍ठभूमी तयार गरी संगठनको ओरालो लागेको छबीलाई उचाई दिलाउन बहस, छलफल र नयाँ अबधारणाको आवश्यकता रहेको पनि उनीहरुको सुझाब रहेको छ ।

रुपान्तरणको लागि बाधा हुने खालका लिखित प्राबधान भए संस्थाको बिधान र कार्यनिती परिवर्तन गर्नु पर्ने र पैसाको चलखेलबाट पद हत्याउने प्रब्रित्तिको अन्त्य गरिनु पर्ने धेरैको धारणा रहेको छ् ।


गैर आबासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष केशब पौडेलले प्रस्तुत गरेको एनआरएनएको रुपान्तरन सम्बन्धि कार्यपत्रमा टिप्पणी गर्दै संघका सल्लाहकार पुष्प तिमील्सिनाले नयाँ भिजन र नयाँ नेत्रित्व स्थापित गर्न पुरानो पुषताले त्याग गर्नु पर्ने धारणा राख्नु भयो । अर्का सल्लाहकार हरिबोल भण्डारीले एनआरएनएको रुपान्तरण चुनाबी रुपान्तरण नबनोस , नेत्रित्वको सोचमा पनि रुपान्तरण हुनु जरुरी छ भन्नु भयो । डा पौडेलले नयाँ एनआरएनका लागि बिधागत रुपमा सुधार हुनु पर्ने बिषयहरु र बर्तमानमा भएका संरचनागत कमजोरीबाट सिक्नु पर्ने कुराहरुको खाका “एनआरएनएको रुपान्तरण” को लागि सबैले बुझ्ने गरी प्रस्ट राख्नु भएको थियो ।

एनआरएनएका प्रबक्ता डिबी छेत्रीले सबै एनआरए सदस्यहरुको सहअस्तित्व स्वीकार गरे धेरै समस्याको समाधान हुने तर्क राख्दै अमेरिका अस्ट्रेलिया र खाडी मुलुकका एनआरएन हरु एकै भएको व्याबहारिक स्वीकारोक्तिको आबस्यकता रहेको छ भन्नु भयो । अरब र अफ्रिका बस्ने एनआरएनहरु ”बिचरा” नभएको ख्याल गर्न अनुरोध गर्दै स्प्रष्ट नीति निर्माण र नेत्रित्वको इमान्दारिताले संस्थाको रुपान्तरण हुन सक्छ भन्नु भयो ।


संस्थाकी पूर्व सचिब जानकी गुरुङले गत महाधिबेशनमा पास हुन नसकेका प्रतिबेदनहरु पास् गर्न सर्ब सहमतिमा बिशेष अधिबेशन बोलाउनु पर्ने र हाल सम्म म्यान्डेट बिपरित भएका कामहरुको समिक्षा हुनु पर्ने माग राख्नु भयो ।


महासचिब हेमराज शर्माले निर्वाचनमा हुने पैसाको चलखेल रोक्न, राजनीतिक पार्टीहरुको हस्तक्षेप रोक्न, संस्था सन्चालनको पद्धती, निर्वाचन प्रणाली लगायतमा सुधार हुन आबस्यक रहेकोले नयाँ अबधारणामा छलफल गर्नु आबस्यक छ र उपर्युक्त बिषयहरुमा सबैको सहभागिता र सुझाबको लागि स्वागत गरिने अपेक्षा राख्नु भयो ।

कार्यक्रममा उठेका बिषयमा टिप्पणी गर्दै गैर आबासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले नेत्रित्वको कमजोरीले संस्था कमजोर बनेकोले नेत्रित्वको चाहना राख्ने र नेत्रित्वमा रहेकाहरुले इमान्दारिता अप्नाउनु पर्ने आवश्यकता औल्याउदै डेढ दशक अघिका अबधारणा र पद्धतीले आजको एनआरएन चल्न गाह्रो भएको हुँदा आमुल परिवर्तनको लागि सबै तयार हुनु पर्ने भनाइ राख्नु भयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुरुमा भाबनामा चलेको संस्था अहिले बिधी बिधानले पनि चल्न गाह्रो भएकोले एनआरएनको खस्कदो शाख जोगाउन नेत्रित्व र बिधी दुबै सच्चिनु पर्ने सुझाब दिनु भयो ।

प्रमुख अतिथिको रुपमा संघका अध्यक्ष कुमार पन्तले संस्थालाई रुपान्तरणको आवश्यकता सबैले महशुस गरेको र सबैको बिचार र भाबनाको प्रतिनिधित्व हुने गरी नयाँ एनआरएन बनाउन प्रयास गर्न बर्तमान नेत्रित्व तयार रहेको प्रस्ट पार्नु भयो । निशुल्क सदस्यता लगायतका बिषयमा ब्यापक बहस गरेर अगाडि बड्नु पर्ने सहभागीहरुको सुझाबलाई ध्यान दिएर लागु गर्ने प्रकृया र त्यसको असरको बारेमा आगामी फोरमहरुमा छलफल गरिने धारणा राख्दै नयाँ बिचार, नयाँ पुस्ता, महिला र बुद्दिजिबीहरुले संस्थाको नेत्रित्व गर्ने बातावरण बनाउन आफु तयार रहेको पनि बताउनु भयो ।

कार्यक्रमको समिक्षा गर्दै संघका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले कार्यक्रममा आएका सुझाबहरु संस्थाको हितका लागि भएकाले बर्तमान नेत्रित्व त्यसलाई लागु गर्न गम्भिर हुने विश्वाश दिलाउनु भयो ।

आइसिसि सदस्य गुणराज शर्माले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित अतिथीहरुलाई त्रिलोचन सापकोटाले स्वागत गर्नु भएको थियो । गैर आबासिय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सभापतित्व संघका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.