कोरोना बिरुद्धको भ्याक्सिन लिने पहिलो नेपाली बने रसियाका डा. श्रेष्ठ

0

कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन पहिलो नेपालीले लिएका छन , गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसी फेसबूक पोस्ट अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय नेपाली डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरस बिरुद्धको भ्याक्सिन लिएका हुन्। उपाध्यक्ष केसीले कोरोना भाइरस बिरुद्ध पहिलो भ्याक्सिन लिएकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन ।

नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो। सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरे अनुसार हजार जना मध्येमा उनी छानिएका थिए ।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

यसअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताए थिए।

उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालि सकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने घोषणा गरेका थिए।

फोटो क्रेडिट डा बद्री केसी

Leave A Reply

Your email address will not be published.