लुम्बिनी गार्डन फाउनडेशनलाई म्यानमारबाट बुद्ध मुर्ती उपहार

0

स्पेनको म्याड्रिडमा स्थापित लुम्बिनी गार्डन फाउनडेशनलाई म्यानमारबाट प्राप्त करुणा बुद्धको मुर्ती स्पेनको भ्यालेन्सिया कासेरस शहरमा एक धार्मिक अनुष्ठान गरी स्थापना गरिएको छ । बौद्ध लामाहरुले बिधी पूर्वक मन्त्र पाठ र धर्मिक बिधी अनुसार बुद्ध मुर्तिको स्वागत र प्रटिष्ठा गर्नु भएको थियो ।

लुम्बिनी र नेपाल संग सम्बन्धित ऐतिहाँसिक कार्यक्रमहरु मार्फत नेपालमा धार्मिक एबम सान्स्कृतिक पर्यटनको क्षेत्रमा काम गर्ने अभिप्रायले सुरुवात गरिएको लुम्बिनी गार्डन फाउनडेशनले युरोपमा बुद्ध शिक्षा र दर्शनको प्रचार प्रशार गर्ने उद्द्यस्यले बिभिन्न परियोजना सन्चालन गर्ने लक्ष लिएको छ । बुद्ध दर्शनको आकर्षणलाई मानब जातीको हित र बुद्ध जन्मस्थलको बिकासमा प्रयोग गर्ने गरि फाउनडेशनले तयारी गरि रहेको र यो बुद्ध मुर्तिको उपहार पनि सोही अभिप्रायले प्राप्त भएको फाउनडेशनका महासचिब एकराज गिरीले जानकारी गराउनु भयो ।

भ्यालेन्शिया मा भएको कार्यक्रममा नेपालबाट अनलाइन मार्फत राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमील्सिना , लुम्बिनी नगरका मेयर मनमोहन चौधरी , फाउन्डेशनका उपाध्यक्ष गोबिन्द सुबेदी, म्यादम लुइन म्यानमार र स्पेनमा कासेरस शहरका मेयर लुइस सलाया, भ्यालेन्सिया पोर्टका प्रेजिडेन्ट औरेलियो मार्तिनेज, सान्सद लुइस कुइतो र संस्थाका सलाहकार निरज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

फाउन्डेशनका अध्यक्ष जोसे म्यानुयल भिलानोभा अलेमानले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संस्थाका महासचिब एकराज गिरीले सन्योजन र सन्चालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.