सीपीएलको सेमिफाइनलमा जमैकाले ट्रिनबागोसँग खेल्दै

0

क्यारेवियन प्रिमियर लिग सीपीएलमा पहिलो सेमिफाइनल खेल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ८ बजे नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाज र ट्रिनबागो नाइटराईडर्स भिड्ने छन् ।

सन्दीपको टिम जमैका समूह चरणमा चौथो हुँदै सेमिफाइनलमा पुगेको हो भने ट्रिनबागो अपराजित रहँदै शीर्ष स्थानका साथ सेमिफाइनलमा पुगेको हो । समूह चरणमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।

अर्को खेलमा ७ विकेटले जित निकालेको थियो । उत्कृष्ट फर्ममा रहेको ट्रिनबागोविरुद्ध जमैकालाई चुनौती भने राम्रै हुने छ । बलिङ र ब्याटिङ दुवैमा सन्तुलित टिम जारी लिगमा ट्रिनबागो देखिएको छ । यसको तुलनामा जमैका बलिङ राम्रै देखिए पनि ब्याटिङ भने चल्न सकेको छैन ।

जारी सीपीएलमा जमैकाबाट खेलिरहेका सन्दीपले भने आफ्नो व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट गरेका छन् । उनले अहिलेसम्म १० खेलका ९ इनिङ्समा १२ विकेट लिएका छन् । एउटा इनिङ भने वर्षाले गर्दा बलिङ गर्न पाएनन् । उक्त खेलको नतिजा रद्द भएपछि दुवै टिमले एक एक अंक लिएका थिए ।

Leave A Reply

Your email address will not be published.