विनोद चौधरीलाई कोरोना संक्रमण

0

काठमाण्डौ – नेपालका एकमात्रै डलर अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका छन् ।

आज विहान गरिएको पिसिआर परीक्षणअनुसार आफू संक्रमित भएको उनले स्पष्ट पारेका छन् । र, उनले आफूलाई कुनैपनि लक्षण नदेखिएको पनि जनाएका छन् । चिकित्सकको सल्लाहबमोजिम आफू आईसोलेशनमा बसिसकेको र आफूसँग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउनपनि उनले आग्रह गरेका छन् ।

चौधरी फोर्बस म्यागाजिनको सुचीमा पर्ने नेपालका एकमात्र अर्बपति हुन् । उनको देश र विदेशमा उद्दोग व्यवसाय सञ्चालनमा छन् ।

Leave A Reply

Your email address will not be published.