संविधानमा जनताको अभिमत सर्वोपरि हुनुपर्छ : पूर्वराजा शाह

0

काठमाडौं, ६ साउन । विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित पशुपतिनाथको मन्दिरमा आज क्षमा पूजा गरेको छ । उक्त कार्यक्रममा भूकम्प तथा त्यसपछिका परकम्पका कारण अकालमा मृत्युवरण गरेका व्यक्तिको आत्माको चिर शान्तिको कामनासमेत गरिएको थियो ।
सो पूजाको प्रमुख कर्ताका रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहले हवन तथा यज्ञ गर्नुभएको थियो । पूजा सकिएलगत्तै पूर्वराजा शाहले संविधानको प्रारम्भिक मस्यौदा जनतासमक्ष पेस भई सुझाव सङ्कलन भएको अवस्थामा जनताको विचारलाई समेटनुपर्ने बताउनुभयो ।
उहाँले संविधान सबैको साझा हुनुपर्नेमा जोड दिँदै कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा नगर्न राजनीतिक दल तथा नेतालाई आग्रह गर्नुभयो । पूर्वराजा शाहले हनुमानढोका, काष्ठमण्डप, मरु गणेस्थान र त्यस आसपास क्षेत्रको निरीक्षण गर्नुभयो । महासङ्घका प्रतिनिधि लक्ष्मी अधिकारीले भूकम्पका कारण समाजमा उत्पन्न भएको भय, त्रासलाई न्यूनीकरण गरी देशमा अनिष्ट नहोस् भनी कामना गर्दै पूजा आयोजना गरिएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.