क्यानडामा नेपाली विद्यार्थीलाई राहत वितरण

0

काठमाण्डौं – जनसम्पर्क समिति क्यानडाले राहत वितरण गरेको छ । नेपाल बाट भर्खर मात्र क्यानडा पुगेर अरु ब्यवस्थापन हुन नपाएका नेपालीहरुलाइ राहत वितरण गरिएको हो । राहत वितरण कार्य केही दिन देखि जारी रहेको जन सम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले जानकारी दिए ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण घरमै बसेका नेपालीहरुलाइ राहत वितरण गरिएको हो । क्यानडाका बिभिन्न ठाँउमा यो राहत वितरण गरिएको छ । भर्खर नेपालबाट आएका दुई परिवारलाई राहत वितरण गरिएको थियो ।

कोरोना महामारी बाट प्रभावित अन्य तथा अन्य महानुभावहरुलाइ पनि राहत वितरण गर्ने आयोजकले जनाएको छ । यसको लागी प्रभावितले आवश्यक परे आफनो टोलीलाइ सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

बिद्यार्थी,जागिर नपाएका तथा भर्खर नेपाल बाट आएर नयाँ ब्यवस्थापन नभएकाहरुको लागी राहत वितरण सुरु गरिएको सभापति बुद्धि प्रकाश ओलीले जानकारी दिए । यस अगाडी पनि जनसम्पर्क समितिले विभिन्न समयमा राहत वितरण गदै आएको छ ।

राहतको लागी उपसभापति चन्दा अधिकारी,महामन्त्री बसन्त कार्की, सुशील भुसाल लगाएत लाइ सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.