बेल्जियममा बन्दका नियम कडा पारीयो

0

अन्य युरोपिययन मुलुकझै बेल्जियम पनि कोरोनाको प्रभाबबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न बुधवार मध्यानतर बाह्र बजे देखि अप्रिल पाँच तारिख सम्म आँसिक लकडाउन हुने भएको छ । मंगलबार साझ् संसदको आपतकालिन सभालाई सम्बोधान गर्दै बेल्जियन प्रधानमन्त्री सोफी विलियमले आपतकालिन अबस्थामा पालन गर्नु पर्ने सर्तहरुको घोषणा गर्नु भयो ।

बुधवार मध्यबाट अप्रिल पाच् सम्म बेल्जियमबासीहरुले आपत्कालिन सेवा बाहेक अन्य प्रायोजनको लागि घर बाहिर निस्कन पाउने छैनन , तर एउटै छ्तमा बस्ने ब्यक्तिहरु र परिवारका सदस्यहरु भने संगै निस्कन पाउने छन , खाद्य लगायत आबस्यक उध्योगहरु , स्वास्थ्य सेवा र अन्य आपत्कालिन सेवाका कर्मचारी बाहेक अन्यले काममा जानु पर्ने छैन । सार्वजनिक सवारि साधन नगन्य रुपमा सन्चालन हुनेछन तर यात्रा गर्दा अन्य यात्रीसँग दुरी बनाएर बस्नु पर्ने छ । छिमेकी देश सँगका नाका बन्द हुनेछैनन तर यात्रा गर्दा युरोपियन युनियनले जारी गरेका सर्तहरु पालन गर्नु पर्नेछ । खाद्य पसल र औषधी पसलमा पनि अन्य ब्यक्ती भन्दा साँढे एक मिटरको दुरीमा बसेर मात्र किनमेल गर्न पाइने छ ।

ब्यापार ब्यवसाय सबै बन्द हुनेछन, बिध्युतीय माध्यमबाट भने ब्यवसाय गर्न सकिनेछ। सरकारले घोषणा गरेको आपत्कालिन गाईडलाइन उल्लङ्हन गरे ठुलो जरीवाना हुनेछ । अती आबस्यक सरकारी सेवा लिनु परेमा सम्भब भए सम्म अनलाइन मार्मत आबेदन गरी सेवा लिना सकिनेछ ।

बिद्यालयहरु बन्द रहने छन, सभासमारोह र भेला गर्न पाइने छैन तर आपत्कालिन सेवामा काम गर्ने कर्मचारीका बाबुनानीहरुको लागि बालग्ऋह सन्चालन हुनेछन ।

यो वाध्यकारी अवस्थालाई सबैले स्वीकार गरेर साथ दिन र एकताको प्रदर्शन गरी कोरोनाको महामारी सँग लड्न बेल्जियमबासी सँग प्रधानमन्त्री सोफीले आग्रह गर्नु भएको छ ।

अप्रिल पाँच पछि कोरोना नियन्त्रण भएमा मात्र बन्द खोलिने छ अन्यथा अवस्था हेरेर लकडाउनको समयiबधी थपिनेछ ।

Leave A Reply

Your email address will not be published.