कुन कम्पनीको मोबाइलमा कति रेडिएशन ?

0

एजेन्सी – स्मार्टफोन आजको युगमा दिनचर्याको पहिलो महत्वपूर्ण आवश्यकता बनिसकेको छ ।

स्मार्टफोन बोक्नु अब विलासिताको नभएर आमजनको आवश्यक अनिवार्यता भइसकेको र यसको पहुँच समाजको निम्‍न वर्गसम्म भइसकेको प्रमाणित गरी राख्‍नु पर्दैन ।


समय-समयमा स्मार्टफोन को प्रयोग लाइ लिएर यसका हानिकारक पक्ष उजागर हुदै आएका छन् विज्ञानको भाषामा एउटा शब्द छ – रेडिएसन ।

यस शब्दको व्यापक अर्थ छ ,रेडिएसन सबै वस्तुले गर्छन ,यहाँसम्म की तपाईको शरीरबाट पनि रेडिएसन भइरहेको हुन्छ । तर कुनै कुनै वस्तु बाट निक्लिने रेडिएसनको मात्रा भने मानिस शरीरलाइ हानिकारक हुन्छ ।

मानिसले प्रयोग गर्ने उपकरण मोबाइलबाट पनि रेडिएसन उत्सर्जित भइरहेको हुन्छ । तपाईले बेला मौकामा मोबाइल कसरी प्रयोग गर्ने ,आफूबाट मोबाइल टाढा राख्‍नेबारे पढ्नु भएकै होला,किनभने यसबाट निक्लिने रेडिएसनले तपाईको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नसक्छ । मोबाइलबाट निक्लिने रेडिएसनलाइ ‘स्पेसफिक अब्जर्भेसन रेट’ ले जाँचने गरिन्छ ।

तपाईले प्रयोग गर्ने मोबाइलले उत्सर्जित गर्ने रेडिएसनको ‘स्पेसफिक अब्जर्भेसन रेट’ के हो भन्‍नेबारे तपाईलाइ जानकारी हुनु आवश्यक छ । यस समबन्धमा विश्वका विभिन्न कम्पनीहरुले निर्माण गर्ने मोबाइलबाट निस्कने ‘ रेडिएसन भैल्यू’को लिस्ट सार्वजनिक भएको छ ।

‘जर्मन फेडरल ऑफ़िस फर रेडिएसन प्रोटेक्सन’ले गरेको अध्ययन अनुसार विभिन्न मोबाइलको रेडिएसन भाल्यू यसप्रकार रहेको छ ।

विभिन्‍न मोबाइल फोनको रेडिएसन तालिका

साओमी एवान यस रेडिएसन तालिकामा सबैभन्दामाथि रहेको छ । कम्पनी ले यो मोडल २०१७ मा बाजार मा ल्याएको थियो। यस मोडल को रेडिएसन भाल्यू १.७५ बाटप्रति किलोग्राम रहेको छ ।

अत्यधिक रेडिएसन उत्सर्जित गर्ने स्मार्टफोन उतपादन गर्नेहरुमा विश्व कै नामी कम्पनीहरु रहेका छन् । अत्यधिक रेडिएसन उत्सर्जित गर्ने लिस्टमा रहेका १६ मॉडल मध्ये ८ मॉडल चिनिया कम्पनीका उत्पादन हुन ।

एप्पल कम्पनीका दुइटा मॉडल आईफोन – ७ र आईफोन ८ पनि धेरै रेडिएसन उत्सर्जितमा पर्छन । गूगलले निर्माण गरेको पिक्सेल मोडलको मोबाइल सेट पनि यस लिस्टमा समावेश रहेको छ ।

मोबाइलबाट निक्लिने रेडिएसन मानव मस्तिष्क र शरीर दुबैलाइ हानिकारक छ । तपाईले मोबाइल किन्दा यसले उत्सर्जित गर्ने रेडिएसन जांच गरेर मात्रै किन्नू होला । १.५ बाटप्रति किलोग्राम भन्दामाथिको रेडिएसन भैल्यू तपाईका लागि हानिकारक छ ।

तपाईले आफूले प्रयोग गर्ने मोबाइलको रेडिएसन जाँच पनि गैर्न सक्नुहुन्छ ,यसका लागि तपाईले आफ्नो मोबाइल बाट *#०७# डायल गर्दा यसले उत्सर्जित गर्ने ‘रेडिएसन भैल्यू’ देखाउँछ ।

Leave A Reply

Your email address will not be published.