एनआरएन नेदरल्यान्ड्सले सांस्कृतिक प्रस्तुति सहित तिज कार्यक्रम मनाउदै !

0


द्रोण रिजाल , नेदरल्यान्ड्स         

       गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले यहि अगस्ट ३१ तारिखका दिन नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज भब्य रुपमा मनाउने भएको छ | ख्याती प्राप्त स्थानीय कलाकार हरुको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम नेदरल्यान्ड्समा रहेका दिदीबहिनीहरुलाई महान चाड हरितालिका तिजमा मिष्ठान्न भोजन (दर) ख्वाउने कार्यक्रम रहेकोले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई उपस्थित हुनका लागि अनुरोध गरिसकिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) ले जानकारी गराएका छन | 

एक वर्षमा एक पटक आउने चाड आपसी सद्भाव,दिदीबहिनीहरु  भेला हुने एउटा सुनौलो अवसरको रुपमा लिइएकोले सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई आमन्त्रण गरिएकोले उक्त कार्यक्रम एन आर एन नेदरल्यान्ड्सकि महिला संयोजक श्रीमती अर्चना पाण्डेको संयोजकत्वमा गर्न लागिएको संघका महासचिब जितेन्द्र कुमार श्रेष्ठले जानकारी गराए |  

Leave A Reply

Your email address will not be published.