मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोपमा एनआरएनएका अध्यक्ष भवन भट्टलाई विमानबाट निकालियो

0

काठमाण्डौं – मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेकाे आरोपमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्टले मदिरा सेवन गरेर अभद्र व्यवहार गरेको भन्दै उनलाई विमानबाट निकालिएको हो ।

भट्ट आवश्यक सम्पूर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भएपनि क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेका व्यक्तिलाई बोकेर उडान गर्न नसकिने बताएपछि उनलाई निकालिएको विमानस्थल श्रोतले बताएको छ ।

उनले विमानका कर्मचारीसहित प्रहरीसँग पनि अभद्र व्यवहार गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.