एनआरएन कतारको अध्यक्षमा मुक्तदा मुसलमान विजयी

0


दोहा-गैरआवासीय नेपाली संघ 9एनआरएनण) राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा मुक्तादा मुसलमान विजयी भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाललाई ९४० मतले पराजित गर्दै मुसलमान अध्यक्षमा विजयी भएका हुन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ , द्वितीय उपाध्यक्षमा कुमार खड्का, तृतीय उपाध्यक्षमा सरिता भण्डारी (निर्विरोध) महासचिवमा पदम गिरि, सचिवमा नियम भुजेल र अफसर अलि तथा कोषाध्यक्षमा बिनोद बसौला (निर्विरोध)र सहकोषाध्यक्षमा तनवीर विजयी भएका छन् ।

यस्तै आईसीसी सदस्यहरुमा केवि हमाल, रमेश भट्ट, होमनाथ शर्मा, र युवराज शर्मा चयन भएका छन् ।

युवा संयोजकमा रबिन मगर , महिला संयोजकमा अम्बिका खत्री (निर्विरोध) भएका छन्।

Leave A Reply

Your email address will not be published.