नेकपा संसदिय दलको बैठक चल्दै

0

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकाे बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।

नेकपाले संसद सुरु भएपछि पहिलो पटक सांसदहरुलाई संसदीय दलको बैठकमा बोल्ने अवसर दिएको हो ।

दलको आधिकारिक धारणा के हो, सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा नै आफूहरुलाई थाहा नभएको भन्दै सांसदहरुले सार्वजनिक कार्यक्रममा नै बोल्न थालेपछि सांसदहरुको असन्तुष्टी सामसुम गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

सोमबार दिउँसाे १ः३० बजेबाट सुरु भएको बैठकमा साढे चार बजेसम्म सांसदहरुले प्रश्न गर्ने र त्यसपछि दुई अध्यक्षले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.