विश्व रक्तदान दिबसको अवसरमा युवा संजाल धनुषाको रक्तदान कार्यक्रम आयोजना

0

जनकपुर – बिश्व रक्तदान दिवसको अवसर पारेर जिल्ला युवा संजाल धनुषाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रहेका समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता एंब सफाई अभियानी राम आशिष यादवले रक्तदान गर्दै गरेका थिए । रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको जिल्ला युवा संजाल धनुषाका प्रमुख धिरज साहले जानकारी दिए ।

त्यसै प्रत्येक चार महिनामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरीने समेत जिल्ला युवा संजाल प्रमुख साहले जानकारी दिए । विश्व रक्तदान दिवसको अबसर पारेर यो कार्यक्रमको सुरुवात गरीएको उनको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.