प्रधानमन्त्रीको भारत भ्रमण कुटनीतिक मर्यादा विपरित

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारत भ्रमणबाट फर्किदा प्रधानमन्त्री पुष्पकमल दाहालको आत्मिय स्वागत गर्ने चाहना उनका गतिविधिका कारण आलोचना गर्नुपर्ने अवस्थामा परिणत भएको बताएका छन् । आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा समेत दलहरुको आलोचना गरेर प्रधानमन्त्रीले थप तिक्तता बढाउन खोजेको आरोपसमेत लगाए । विदेशी भूमिमा देशभित्रका राजनीतिक दलको आलोचना गर्ने प्रबृत्ति गलत रहेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भ्रमणक्रममा प्रधानमन्त्रीले कुटनीतिक मर्यादा र हैसियत भुलेर एमालेलाई भारतविरोधी दलका रुपमा व्याख्या गर्ने भगिरथ प्रयत्न गरेको दावी पनि गरे । मुलुक बर्बाद पार्ने षड्यन्त्रको पहिलो चरणमा एमालेलाई प्रहार गरिएको भन्दै उनले भारत, तराई–मधेस र जनजाति विरोधीका नाममा बद्नाम गराउने प्रयासको एमालेले डटेर सामना गर्ने बताए । सरकारबाट बाहिरिएपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.