नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा जारी

0

काठमाडौं । नेपाल भारत संयुक्त प्रबुद्ध व्यक्ति समूहको दुई दिने बैठक आज पनि जारी छ। राजधानीमा जारी बैठकमा दुईपक्षीय सम्बन्धमा अहिलेसम्म देखिएका समस्याबारे विषयगत रूपमा समीक्षा भइरहेको बताइएको छ । हरेक वर्ष दुई देशबीच हुने दुई पक्षीय बैठक र त्यसमा हुने सहमति कार्यान्वयनको पाटोमा पनि छलफल केन्द्रीत छ । सन् १९ सय ५० को शान्ति तथा मैत्री सन्धिका बिषयमा पनि बैठकमा छलफल भएको छ । नेपाली विज्ञ समूहमा संयोजक डा. भेषबहादुर थापा, कानुनविद्का तर्फबाट सूर्यनाथ उपाध्याय, पूर्वमन्त्री नीलाम्बर आचार्य र सासंद डा राजन भट्टराई सदस्य छन् । भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्राध्यापक महेन्द्र पी. लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद बैठकमा सहभागि छन् । दशकौंदेखि चर्चामा रहेको नेपाल र भारतबीचको सन् १९ ५० को शान्ति तथा मैत्री सन्धि दुई देशीय संयुक्त संयन्त्रमा पहिलो पटक औपचारिक छलफलको मुद्दा बनेको हो । दुई देशबीचको सम्बन्धलाई प्रभावित पार्ने महत्वपूर्ण विषयमा छलफल गरेर सुझाव दिने जिम्मेवारी विज्ञ समूहलाई छ ।

Leave A Reply

Your email address will not be published.