काँग्रेस सरकारमा सहभागी हुँदैन : नेता सिटौला

0

उर्लाबारी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताउनुभएको छ । मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै अहिलेको अवस्थामा वर्तमान सरकारमा काँग्रेस सहभागी नहुने स्पष्ट पार्नुभयो ।
नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय एकतामा जोड दिनुभएको छ । उहाँले नेपाली काँगेंस सबैभन्दा ठूलो दल भएको हैसियतले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताउनुभयो ।
संसदीय दलको निर्वाचनपछि हुने पहिलो बैठकबाटै मधेसको समस्या, संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेस दृढ भएर लाग्ने उहाँको भनाइ थियो । उहाँले आन्दोलनबाट समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै निकास खोज्न मधेसी मोर्चालाई आग्रह समेत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.