फिस्टेल एअरको हेलिकोप्टर दुर्घटना

0

रसुवा । फिस्टेल एअरको हेलिकोप्टर विहीबार रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना भएको छ । भूकम्पपीडितका लागि सामग्री पुर्‍याएर धुन्चे फर्कंदै गरेको ‘नाइन एन जे आइ’ कलसाइन भएको हेलिकोप्टर विहीबार दिउँसो साढे २ बजे क्याङ्जेनमा दुर्घटना भएको हो । उडिरहेको हेलिकोप्टरको पंखा उछिट्टिएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको बेला हेलिकोप्टरमा चालक स्वीडिस नागरिक निकोलसमात्रै रहेको र उनी सकुशल रहेको बताइएको छ । उद्धारका लागि फिस्टेल एअरको अर्को हेलिकप्टर गएको रसुवाका डीएसपी अवदेश विष्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.