कस्तो बन्दैछ कांग्रेसको नीति तथा कार्यक्रम ?

0

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रम तयार पारी छलफलमा ल्याएको छ । तर नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन बाहेकका अरु विषयलाई खासै जोड नदिएको टिप्पणी भएको छ । नीति तथा कार्यक्रममा राजनीतिक, सांगठानिक र आर्थिक विषय त समेटिएको छ तर यसले कांग्रेसको समूल अनुहार प्रष्ट गर्न नसकेको भन्दै टिप्पणी भएको हो । स्थापनाकालदेखि नै उठाउँदै आएको संविधानसभाबाट संविधान बनाउने विषयले पूर्णता पाएकाले संविधान कार्यन्वयनमा कांग्रेसको पहिलो जोड रहेको छ ।
गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालाई संस्थागत गर्दै लोकतन्त्रलाई फराकिलो दायराबाट अघि बढाउने उल्लेख गर्दै कांग्रेसले त्यसका लागि राज्यको नेतृत्व आफ्नै पार्टीमा रहनुपर्ने दलील पनि पेश गरेको छ ।
कृषिमा आधुनिकीकरण गर्दै खाद्य सुरक्षामा मुलुकलाई आत्मनिर्भर बनाइने, ग्रमिण अर्थतन्त्रलाई महत्वपुर्ण विकास माध्यम मान्दै ग्रमिण कृषिसंग पर्यटन, उर्जा लगायतका विषयलाई महत्व दिने कार्यक्रममा भनिएको छ ।
सबैका लागि गुणस्तरीय शिक्षा, सबै नेपालीको स्वास्थ्य उपचारमा सहज पहुँच जस्ता विषय पनि उठाइएको छ । दलित, महिला, अल्पसंख्यक र पिछडिएका क्षेत्रको विकासका लागि बनेका विभिन्न आयोगको कार्यन्वयनमा जोड दिएर सबैलाई समान अधिकार र समान पहुँच उपलब्ध गराइने उल्लेख छ । आफूलाई समाजवादी दावी गर्न नभुल्ने कांग्रेसले नीति तथा कार्यक्रममा भने खुल्ला अर्थतन्त्रको माध्यमबाट आर्थिक बृद्धी गरी स्वदेशी र विदेशी लगानीलाई थप प्रोत्सान गरिने नीति लिने जनाएको छ ।
मधेशको समस्या समाधान गर्न आफू मात्र सक्षम भएको दावी गर्दै कांग्रेसले बाँकी रहेका असन्तुष्टीहरुको संवोधन गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने जनाएको छ । संविधान संशोधनको नेतृत्व गरी मधेशलाई उच्च महत्व दिएको जिकीर गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले संविधान कार्यान्वयन, आर्थिक सम्बृद्धी, देशमा बढ्दो बेरोजगारी अन्त्य र दक्षिण एशियामा आएको परिवर्तनलाई ग्रहण गर्दै विश्वव्यापी प्रविधिको प्रयोग गर्ने गतिशील कांग्रेस आजको आवश्यकता रहेको बताउँछन् ।

Leave A Reply

Your email address will not be published.