कांग्रेस नेतृत्व दुई दसकपछि कोइराला परिवार बाहिर

0

काठमाडौं ।  कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वतस् कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन् । तर, फागुन २०९२३ मा हुने पार्टीको १३ औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने  फैसला गर्नेछ । १३ औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ । कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन । वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर (वीपीका,भाई केशवका छोरा) र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला ।
सुजाता सुशीलको विरासत लिन खोज्दैछिन । तर, उनको उचाईले यसैपटक नेतृत्वमा पुग्ने संभावना कम छ । सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन् । उनीहरु दुवैका चाहना महामन्त्रीमा देखिन्छ । सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनु पर्ने बताउँदै आएकी छिन् ।
‘१३ औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने  संभावना छैन’ कांग्रेसका एक पदाधिकारीले भने,‘अबको नेतृत्व कि त शेरवहादुरले गर्नेछन कि रामचन्द्र पौडेलले ।’ उनका अनुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३ औं महाधिवेशनले फैसला गर्नेछ ।’
कांग्रेस स्थापनाकालमा वीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यबाहक सभापति भएका थिए । त्यसपछि  सुवर्णशमसेर जवरा र कृष्णप्रसाद भट्टराईको कार्यकाल बाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला १५ र सुशील कोइराला ५ बर्ष पार्टीको नतृत्वमा रहे । ०५३ बैशाख २९ गते काठमाडौमा भएको नवौ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पार्टी नेतृत्वमा आएका थिए ।
त्यसपछि दशौ र एघारौ महाधिवेशनले पनि कोइरालालाई नेतृत्वमा चुन्यो । पार्टी विभाजनपछि एघारौ महाधिवेशन अलग९अलग भएको थियो । पार्टी एकतापछि भएको १२ औं महाधिवेशनले सुशील कोइरालालाई निर्वाचित गऱ्यो । उनले नेतृत्व दिदै आएको कांग्रेसको नेतृत्व अब कसले गर्ने भन्ने निर्णय आउन अब एकमहिना पनि बाँकी छैन ।
गिरिजाप्रसादले आफ्नै जीवनकालमा सुजातालाई नेतृत्वमा ल्याउन चाहेका थिए । पार्टीभित्रका बरिष्ठहरुलाई पन्छाएर छोरीलाई उपप्रधानमन्त्री पनि बनाए । तर उनको कदले संभव नभएपछि सुशीलाई नेतृत्वमा स्थापित गराउने भूमिका निर्वाह गरे ।
आफू छदै कार्यबाहक सभापतिको जिम्मेबारी सुम्पेर गिरिजाप्रसादले सुशीललाई पार्टी नेतृत्वमा स्थापित गराएका थिए । त्यसैगरी सुशील पनि आफ्नो विरासत कोइराला परिवारमै राख्न कोशिसमा थिए ।
१३ औं महाधिवेशनमा उनको उम्मेदवारीको चर्चालाई यसैसँग जोडिएको थियो । कोइराला निकट सदस्यहरुका अनुसार सुशीलले आफ्नो जीवनको उत्तराद्र्धमा वीपी पुत्र संशाकलाई नेतृत्वमा ल्याउने प्रयासका लागि अघि बढीरहेका थिए ।
कार्यबाहक सभापति पौडेलले पार्टीलाई एकढिक्का बनाएर व्यवस्थित ढंगले अघि बढाउने जिम्मेबारी आफ्नो काँधमा आएको बताए । आईलागेको परिस्थितीलाई सम्हाल्दै पार्टीको भविष्यका लागि म कसैलाई काखा र पाखा नगरी पार्टी हाँक्छु’ कोइरालाको अवसानसंगै संस्थापन पक्षभित्रको अन्यौलतर्फ लक्षित गर्दै पौडेलले भने,‘कसैले चिन्ता लिनुपर्दैन । सवै नेता तथा कार्यकर्ताको सुरक्षा र सम्मान गरेरनै म अघि बढ्छु ।’
कांग्रेस नेता विमलेन्द्र निधिले कोइरालाको विरासत भनेकै राष्ट्र र राष्ट्रियता रहेको बताउँदै आगामी महाधिवेशनबाट निर्वाचित हुने सभापतिले विरासत थाम्ने बताए । ‘१३ औं महाधिवेशनमा कोइराला परिवारको विरासत जोगाउन पनि उहाँ (सुशील) लड्ने चर्चा चलाईएको थियो, तर विरासत भनेको परिवार होइन । राष्ट्रियता र लोकतन्त्र हो’ उनले भने,‘त्यो जिम्मेबारी हामीले पुरा गर्नेछौ ।’
निधिले दोस्रो संविधानपछि पार्टीलाई पहिलो स्थानमा ल्याउने, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गर्ने कार्यनै उपलव्धिपूर्ण रहेको बताए । ‘उहाँको सपना संविधानको कार्यन्वयन थियो । अब त्यो दायित्व हामी पुरा गर्छौ’ उनले थपे ।
कोइरालाको निधनपछि संस्थापन पक्षमा पौडेल स्वभाविक उम्मेदवार देखिएका छन । तर, औपचारिक निर्णय गर्न भने बाँकी छ । सभापतिकै लागि महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलापनि आंकाक्षी छन् । कोइराला परिवारका सदस्यहरुलाई व्यवस्थापन गरी सिंह, सिटौला, रामशरण महत, अर्जुनरसिंह केसीलाई संगै लिएर अघि बढ्न पौडेलका लागि चुनौतिपुर्ण छ ।
– कान्तिपुर दैनिकबाट

Leave A Reply

Your email address will not be published.