प्रचण्डलाई मन्त्रीको रिर्पोटिङ

0

सत्तारुढ एकीकृत नेकपा माओवादीले आज पनि सरकार सञ्चालनका विषयमा छलफल गरेको छ । काठमाडौंको ठमेलमा रहेको होटलमा पार्टी स्थायी समिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा मन्त्रीहरुले आफूले गरेका कामहरुको रिपोर्टिङ गरेका छन् । आफ्ना मन्त्रीहरुको काम कसरी प्रभावकारी, जनमुखि बनाउने भन्नेमा छलफल केन्द्रित रहेको एकीकृत माओवादीले जनाएको छ । यसअघि हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको वैठकमा उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी र गृहमन्त्री शक्तिबहादुर बस्नेतले रिपोर्टिङ गर्नुभएको थियो । एकीकृत माओवादीबाट गृह, उर्जा, शिक्षा, आपूर्ति, सामान्य प्रशासन, सिँचाइ र वनमन्त्री गरी ८ जना सरकारमा सहभागी छन् । सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका प्रचण्डले सरकारको भूमिका सन्तोषजनक नभएपनि तत्काल विकल्प खोज्न नहुनेमा जोड दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.