नेपालमा भ्रष्टाचार बढ्दो

0

काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको पाईएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी ईन्टरनेश्नलको भ्रष्टाचार निवारण गर्न सफल मुलुकहरुको सुचीमा नेपाल गतवर्षभन्दा ४ स्थान तल झरेको छ । सन् २०१५ मा भ्रष्टाचारमा नेपाल १ सय ३० स्थानमा परेको  छ । सन् २०१३ मा १ सय १६ स्थानमा उक्लिएको नेपाल पछिल्ला वर्षहरुमा तल झर्दै गएको छ । सन् २०१४ मा १ सय २६ औं स्थानमा रहेको नेपाल २०१५ सम्ममा आईपुग्दा १ सय ३० स्थानमा परेको छ । नेपालजस्तै क्यामरुन, ईरान, पाराग्वे, युक्रेनपनि १ सय ३० औं नम्बरमा परेका छन् । सवैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सुचिकृत सोमालिया १ सय ६७ स्थानमा पुगेको छ भने सोही स्थानमा उत्तर कोरीया रहेको छ । युरोपेली मुलुक डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकमा परेको छ । फिनल्याण्ड, स्वीडेन, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, सिंगापुर, क्यानडा र जर्मनी क्रमशः दोस्रो देखी दशौं स्थानमा परेका छन् ।

Leave A Reply

Your email address will not be published.