महाधिवेशनले मुलुक हाँक्न सक्ने नीति र नेतृत्व चयन गर्छ :पौडेल

0

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनले मुलुक हाँक्न सक्ने नीति र नेतृत्व चयन गर्ने बताउनुभएको छ ।
काँग्रेसको महाधिवेशन आगामी फागुनको तेस्रो साता काठमाडौंमा हुँदैछ ।
नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय पत्रकारिता समन्वय समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उपसभापति पौडेलले काँग्रेसले नीति र सिद्धान्त बिर्सिएको छ, त्यसलाई ठीक ठाउँमा ल्याएर मुलुकको नेतृत्व गर्नसक्ने नेतृत्व काँग्रेसको अबको महाधिवेशनले छान्न सक्नुपर्छ भन्नुभयो ।
“काँग्रेसले आफ्नो नेतृत्वमा धेरै काम गरेको छ, त्यो जनतालाई बुझाउन सकेको छैन, त्यसैले काँग्रेसको सिद्धान्तले जितेको छ, पार्टीले हारेको अवस्था छ”– उपसभापति पौडेलले भन्नुभयो । काँग्रेसभित्रका विकृति र विसङ्गतिलाई सुधार्दै सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरी संविधान कार्यान्वयनसँगै काँग्रेसले मुलुकको नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ ।
काँग्रेस नेता अर्जुननरसिंह केसीले काँग्रेसको प्रत्येक महाधिवेशनमा नीति बनाउने कुरा एकातिर थन्काएर नेतृत्वका लागि होडबाजी गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ भन्नुभयो । काँग्रेस केन्द्रीय सदस्यद्वय शङ्कर भण्डारी र नारायणप्रकाश साउदले काँग्रेसले आफ्नो शैली परिवर्तन गर्दै गुठबन्दीको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
काँगे्रस युवा नेता विश्वप्रकाश शर्मा, पत्रकार कविर राणा, पार्टीका महासमिति सदस्य रमेश धमलाले काँग्रेस १३औँ महाधिवेशनले मूल्य, मुद्दा र मापदण्ड केन्द्रित नेतृत्व चयन गुर्नपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.