‘कांग्रेसको नेतृत्व कमजोर भयो’

0

काठमाडौं । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन प्रस्तावबाटै समस्याको निकास खोज्नुपर्ने बताएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराइको ९२औं जन्मजयन्तीको सन्दर्भमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले संशोधनबाटै असन्तुष्ट पक्षका माग समेटिने बताए ।
कार्यक्रममा सहभागी कांग्रेसका अन्य नेता–कार्यकर्ताले पार्टीको नेतृत्व कमजोर भएको भन्दै नयाँ ढंगबाट अघि बढ्न सुझाएका थिए । राष्ट्रपति, प्रधानमन्त्री र पुनःनिर्माण प्राधिकरणको नेतृत्वसमेत गुमाउनु नेतृत्वको असफलता भएको कार्यकर्ताको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.