लिम्बुवानको चक्काजाम फिर्ता

0

धनकुटा, २८ मङ्सिर । लिम्बुवानले पूर्वी नेपालका नौ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम आज बिहानदेखि फिर्ता लिएको छ । सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन चक्काजाम आवह्वान गरेको थियो ।
नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै चक्काजाम फिर्ता लिई आन्दोलनलाई परिमार्जन गरिएको सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताउनुभयो । बन्द फिर्ता भएसँगै सवारी सञ्चालन हुन थालेको छ ।

Leave A Reply

Your email address will not be published.