काँग्रेस महामन्त्री सिटौला र अध्यक्ष ठाकुरबीच भेटवार्ता

0

भक्तपुर, २५ मङ्सिर । नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी मोर्चाका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज ठाकुर निवास सानोठिमीमा भेटवार्ता भएको छ ।
भेटमा नेपाली काँग्रेसले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव पारित गर्ने र तराईमा जारी आन्दोलनलाई सम्बोधन एवम् नाकाबन्दी खोल्नेबारेमा छलफल भएको ठाकुर निवास स्रोतले जानकारी दिएको छ ।
महामन्त्री सिटौला र अध्यक्ष ठाकुरबीच करिब एक घन्टा समसामयिक विषयमा छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.