प्रमुख दल र मोर्चाबीच जुहारी

0

काठमाडौं, १९ मंसिर । नाकाबन्दीले सर्वसाधारणको दैनिकी कष्टकर हुँदा पनि समस्या समाधान गर्नेभन्दा सत्तापक्ष, प्रतिपक्षी र मधेसी दलहरु एक अर्काप्रति आरोप प्रत्यारोपमै ब्यस्त छन् । शनिबार राजधानीमा गरिएको ‘निकासका लागि वहस’ विषयक अन्तरक्रियामा मधेसी मोर्चाका नेताहरुले मधेसको माग सम्बोधन नगरेको भन्दै प्रमुख दलहरु निरंकुश भएको आरोप लगाए ।
जवाफमा प्रमुख दलका नेताहरुले आन्तरिक समस्या आफैं समाधान नगरेर विदेशीलाई गुहारेको भन्दै मोर्चाको आलोचना गरेका थिए । प्रमुख दलका नेताहरुले संविधान संशोधनमार्फत समस्याको समाधान खोज्ने प्रयास भइरहेको भन्दै गम्भीरतापूर्वक वार्तामा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस नेताहरु रामचन्द्र पौडेल, डा.रामशरण महत, एमाले नेताहरु माधवकुमार नेपाल र भीम रावल, एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर र सद्भावना पार्टीका सहअध्क्ष लक्ष्मणलाल कर्ण लगायतले आफ्नो धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.