प्रमुख तीन दलको बैठक निष्कर्षविहीन

0

काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकमा मोर्चाका मागबारे फरक–फरक धारणा आएपछि निष्कर्षविहीन भएको हो ।
बैठकमा मोर्चाले अघि सारेको ११ बुँदे मागका बारेमा छलफल भए पनि ती माग पूरा गर्ने विषयमा शीर्ष नेताहरुले फरक–फरक धारणा राखेका थिए । त्यसपछि मोर्चाका मागलाई सम्बोधन गर्ने विषयमा ठोस सहमति कायम हुन सकेको थिएन ।
बैठकले मधेसी मोर्चासँग चाँडै वार्ता गर्ने र उनीहरुका माग सकेसम्म सम्बोधन गर्ने विषयमा भने सहमति भएको नेताहरुले बताएका छन् । मधेसी मोर्चाले प्रमुख तीन दललाई एउटै धारणा लिएर वार्तामा बस्न आग्रह गर्दै आएको छ । बैठकमा भारतीय नाकाबन्दीले नेपालमा परेको असरलगायतका विषयमा छलफल भएको थियो । बैठकले नाकाबन्दी चाँडै हटाउन राजनीतिक र कुटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.