भारतीय प्रहरीको गोली लागेर चार नेपाली घाइते

0

काठमाडौं, ९ मंसिर । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ । असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
नेपाल–भारत सीमास्थित भण्टाबारीमा भारतीय जवानले नेपाल प्रवेश गरेर स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । भारतीय बजार बीरपुरमा गएर पेट्रोल र डिजल बोकेर नेपाल आएका उनिहरुमाथि नेपाली भूमी मै बसेर गोली प्रहार भएकाप्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रशासनले भने कुनै प्रतिकृया जनाएको छैन ।

Leave A Reply

Your email address will not be published.