झापा, सुनसरी, मोरङ टुक्य्राउन नहुने

0

भद्रपुर, ७ मङ्सिर । सत्तापक्ष, प्रतिपक्ष एवम् तराई मधेशमा आन्दोलनरत दलका झापाका नेताले एउटै मञ्चमा उपस्थित भएर तत्काल मधेस आन्दोलनलाई निकास दिन आग्रह गर्नभएको छ । संवाद समूहको सचिवालय झापाको संयोजनमा आज विर्तामोडमा ‘संविधानको कार्यान्वयन ः सीमाङ्कन र मधेस आन्दोलनको निकास’ विषयमा गरेको छलफलमा उहाँहरुले बार्ता र संवादकै माध्यमबाट तत्काल समस्याको समाधान गर्न आफ्ना माउ नेतालाई सुझाव समेत दिए ।
सत्तापक्ष र प्रतिपक्ष दलका नेताले आन्दोलनको स्वरुप परिवर्तन गर्नु, आन्दोलनलाई शान्तिपूर्ण बनाउन तथा सडक आन्दोलन स्थगित गरी संसद् र टेबलबाटै समाधान खोज्न आग्रह गरेका थिए । मधेसवादी दलका नेताहरुले आन्दोलनलाई सम्बोधन गर्न र आफ्नो जायज माग पूरा गर्न सरकारलाई गम्भीर हुन आग्रह गरे । उनीहरुले आन्दोलनरत पक्ष र सरकार दुवै लचकताका साथ प्रस्तुत भई निर्णायक वार्ता गर्नुपर्नेमा जोड दिए ।
यसरी धारणा राख्नुहुनेहरुमा सांसद मनकुमार गौतम, नेपाली काँग्रेसका उपसभापति देउमान थेवे, नेकपा (एमाले)का सचिव मदन अधिकारी, एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष राजु आचार्य, राप्रपा नेपालका मेची अञ्चल सचिव कुमार भट्टराई, नेकपा (माले)का सचिव नवराज खरेल हुनुहुन्थ्यो । यसैगरी, नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी रोशन कन्दङवा, तमलोपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, फोरम (लोकतान्त्रिक)का जिल्ला अध्यक्ष भरतसिंह राजवंशी, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.