प्रधानमन्त्रीद्वारा आज देशबासीका नाममा सम्बोधन

0

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी ओलीले आज(आइतबार) देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको हो । बैठकपछि एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान जारी भएपछिको अवस्था, तराई मधेसमा जारी आन्दोलनको वार्ताबाट समाधान र भारतको नाकाबन्दी लगायतका विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने जानकारी दिए । आजै उच्चस्तरीय राजनीतिक संयन्त्र र नेपाली काँग्रेससहित आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने भएको छ । सिंहदरवारमा हुने छलफलमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.