विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति

0

काठमाडौँ \   राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।

“प्राचीनकालदेखि मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छ । यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र  बन्धुत्वको भावना प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु,”  विज्ञप्तिमा  उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.