मनसुन अझै एक साता लम्बिने

0

काठमाडौँ \ नेपालबाट मनसुन बाहिरिने मिति थप पछाडि धकेलिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल आसपास कायम रहेकाले पनि यो वर्षको मनसुन बाहिरिन अझै करिब एक साता लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिने पूर्वनिर्धारित मिति अक्टोबर २ अर्थात् बुधबार रहेको थियो । भारत हुँदै नेपालमा मनसुन भित्रिए जस्तै भारतबाट नेपालतिर सुक्खा मौसम सर्दै आएर मनसुन बाहिरिने गर्छ । भारतको पश्चिमी भेगतिर मात्र मनसुन बाहिरिने तरखरमा रहेकाले पनि त्यो मौसमी चक्र नेपालसम्म आइपुग्न पाँचदेखि सात दिनसम्म लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन सकिइहाल्ने सम्भावना छैन तर कमजोर भने बनेको छ ।” नेपालको पश्चिमी भूभागमा देखिएको हल्का सुक्खा मौसमले मनसुन अब धेरै दिन नेपालमा नरहने सङ्केत भने गरेको उहाँले जानकारी दिनुभयो ।  तथापि अझै एक साताजति मध्य र पूर्वी नेपालमा मनसुनको वर्षा गराउने प्रणाली सक्रिय छ ।

Leave A Reply

Your email address will not be published.