राष्ट्रपतिसमक्ष ओमानका विदेशमन्त्रीको भेट

0

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमूद अल बुसाइदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा भएको सो भेटमा नेपाल ओमानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका पवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

साथै उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्जहरुमा सहकार्य गर्दै आइरहेको बताउनुहुँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.