राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

0

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएकाे तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिले आज आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ प्रमाणीकरण गर्नुभएको हो ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.