युरोपेली सङ्घ (ईयु) र युक्रेनबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

0

युरोपेली सङ्घ (ईयु) र युक्रेनले सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् । ब्रसेल्समा भएको युरोपेली परिषद् शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगै सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पछि ईयुले युक्रेनको रक्षा गर्न र रुससँगको युद्धका बेला आवश्यक हतियार, सैन्य प्रशिक्षण र सहायता प्रदान गरिरहने  प्रतिवद्धता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले भने सम्झौताले युक्रेनको अशान्त क्षेत्र किभ लगायतका सहरमा शान्ति कायम गर्न मद्दत पुग्ने बताउनुभएको छ ।

ईयु र यसका सदस्य राष्ट्रले अहिलेसम्म युक्रेनलाई झन्डै एक सय आठ अर्ब युरो सहयोग गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.