बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् ।
स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरेको छ । पछिल्लो ६ दिनमा उनीहरूले झन्डै पाँच सय ६८ शव सङ्कलन गरेका बीबीसीले जनाएको छ ।
अस्ति मंगलवार एकैदिन एक सय ४१ जनाको शव ल्याइएको थियो । गर्मी बढेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कराँचीमा अत्यधीक गर्मीसँगै बिजुली कटौतीको समस्या रहेको छ ।-एजेन्सी