मौद्रिक नीतिमा उद्योगी व्यवसायीका सुझावलाई सम्बोधन गर्छौँ : गभर्नर अधिकारी

0

काठमाडौँ \ नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमाहरू रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरूको माग सम्बोधन गरिने बताउनुभयो । उहाँले मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिनुभयो ।

गभर्नर अधिकारीले मुलुकको मुद्रास्फीति सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फीति उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैङ्कले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाभन्दा बाहिर नजाने जिकिर गर्नुभयो ।

‘‘मौद्रिक नीति ल्याउँदा मुलुकको अर्थतन्त्रको अवस्था र तथ्याङ्क हेर्नुपर्छ । मुलुकको अर्थतन्त्रको अवस्था र तथ्याङ्कको आधारमा मौद्रिक नीति आउने हो । मुलुकको मूल्यवृद्धि उच्च छ भने मौद्रिक नीति टाइट हुनु स्वाभाविक हो । देशको मुद्रास्फीति सहज कन्फटेवल छ भने मौद्रिक नीति सरल हुनु पनि स्वाभाविक हाब क्षेत्र सन्तुलनले पनि मौद्रिक नीतिलाई असर गर्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रेडिट्यावलिटीभन्दा बाहिर जान्दैनौँ ।,’’ गभर्नर अधिकारीले भन्नुभयो, ‘‘राष्ट्र बैङ्क प्रेडिक्टटेवल छौँ । हाम्रो पालिसीहरु एकदमै डाडा ड्रिवन हुन्छ । जुन आइएमफमको रिपोर्टमा पनि गरेको विषय हो । व्यवसायीहरूले व्यक्तिगत समस्यालाई जनलाइज गरेको देख्छौँ । धेरै बैङ्कको ऋण लिएर समस्यामा परिएको छ । त्यसबाट कसरी बाहिर निस्कने र राज्य तथा राष्ट्र बैङ्कले केही सहयोग गरिदिन्छ की भन्ने आशा देखिन्छ । त्यो अन्तिम आशा राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा ठोक्याउन खाजीको महसुस गर्छौँ ।’’

Leave A Reply

Your email address will not be published.