राष्ट्रपति पौडेल जर्मनीमा

0

बर्लिन \ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।

उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । उनलाई  जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् ।

राष्ट्रपति पौडेलले  असार ३ गते जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने उनको सचिवालयले जनाएको  छ  ।

Leave A Reply

Your email address will not be published.