गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९७ करोड बजेट

0

कास्की \ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ । शनिबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले सो जानकारी दिए ।

सोमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक योजना मन्त्रीले जानकारी दिए ।

सोमध्ये खर्च अपुग हुने १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने समेत उनले जानकारी दिए ।
Leave A Reply

Your email address will not be published.