अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न युक्रनेलाई बाइडेनको अनुमति

0

लामो समयको नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भू–भागभित्र लक्षित आक्रमण गर्न अधिकार दिनुभएको छ ।

रुसी सेनाले युक्रेनको खार्किभ शहरमा आक्रमण बढाएपछि अमेरिकाले आक्रमण गर्ने अधिकार दिएको समाचार संस्था एएनआईले जनाएको छ । युक्रेनी अधिकारीहरूले खार्किभ क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् । युक्रेनी सेनालाई अब खार्किभबाट सीमापार रुसी सैन्य प्रतिष्ठानमा, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रहरूलाई लक्षित गर्ने अधिकार प्राप्त भएको छ ।

अमेरिकाले गरेको निर्णयलाई फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत युरोपेली नेताहरूले समर्थन जनाएका छन् । केही समयदेखि रुसले खार्किभ शहरमा आक्रमण बढाएपछि युक्रेनमा सामरिक महत्त्वको शहर रुसकाे कब्जामा जाने चिन्ता बढेको छ ।

Leave A Reply

Your email address will not be published.