गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै हजारौं इजरायलीको प्रदर्शन

0

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरालमा आक्रमण गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरुमध्ये एक सय २४ जना रिहा भएका छन् ।

बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला पारेको छ । छ महिना पूरा भएको युद्धमा इजरायली सेनाको आक्रमणबाट गाजामा ३३ हजार एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।

Leave A Reply

Your email address will not be published.