गोरखा दरबारमा क्रिष्टल राख्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै

0

सुलीकोट \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लाग्नु भएको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनु भयो ।

क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले यसको ऐतिहासिक महत्व छुट्टै रहेको छ, उहाँले भन्नु भयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट बहुचर्चित क्वार्ज क्रिष्टल राख्ने काम हुन्छ ।’ गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको  घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।

त्यही क्र्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजा सहित बजार परिक्रम गराउँदै दरबार लैजाने कार्यक्रम रहेको छ ।   गोरखा नगरपालिकाले बजेट विनियोजन गरे सँगै अहिले क्वार्ज क्रिष्टल राख्नको लागि मजबुत खालको सिसाको बक्स बनाइएको छ । पारदर्शी सिसाबाट बनेको उक्त बक्स ३ फिट लम्बाई, २ फिट चौडाइ र २ फिट उचाइको हुन्छ ।

त्यस क्वार्ज क्रिष्टल राख्नको  लागि काठबाट बनेको ऐतिहासिक, पुरातात्त्विक झल्को दिने गरी बुट्टा कुदिएको टेबल निर्माण गरिएको छ । टेबुल मुनिको विद्युतीय प्रकाश क्वार्ज क्रिष्टलाई आकर्षण बनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको गद्दी र धार्मिक र पुरातात्त्विक महत्वका क्वार्ज क्रिष्टल एकै ठाउँमा राख्दा यसले पर्यटन प्रबद्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यस लगत्तै क्याबिनेटबाट निर्णय गर्दै गोरखामा राख्ने निर्णय भएको थियो । अब भने आम सर्बसाधरणले सजिलै हेर्न, पुजा गर्न र अवलोकन गर्न पाइने भएकाले गोरखामा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने विश्वास लिइएको ज्येष्ठ नागरिक सङ्घ गोरखका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.